Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images

बुढीगण्डकी जलविद्युत् आयोजना : मोडालिटी परिवर्तनसहित अगाडि बढ्ने तयारी

बुढीगण्डकी जलविद्युत् आयोजना : मोडालिटी परिवर्तनसहित अगाडि बढ्ने तयारी

  •  

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रस्तावित १२०० मेगावाट क्षमताको बुढीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको मोडालिटी परिवर्तन गर्दै अगाडि बढाउने निर्णय गरेको छ। लामो समयदेखि पूँजी व्यवस्थापन र लगानी मोडालिटीको अन्योलमा फसेको उक्त आयोजना अब नयाँ मोडालिटीअनुसार अघि बढाइने भएको हो।

    ऊर्जामन्त्री दीपक खड्काले आफ्नो एक वर्षे कार्यकालमा आयोजना सम्बन्धी अन्योल अन्त्य गर्दै निर्माण प्रक्रियाको दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्। उनका अनुसार, कुल अनुमानित ४ खर्ब रुपैयाँ लागतमा बन्ने परियोजनाको मुख्य चुनौती पूँजी जुटाउने विषय नै हो।

    सरकारले परियोजना निर्माणका लागि आवश्यक पूँजी जुटाउन पूर्वाधार करको माध्यमबाट सर्वसाधारण जनताबाट कर संकलन गरिरहेको छ। आर्थिक वर्ष २०७२र०७३ देखि पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लगाउँदै हालसम्म झन्डै १ खर्ब ४४ अर्ब रुपैयाँ संकलन गरिसकिएको छ। यद्यपि, अझैसम्म निर्माण कार्य ठोस रूपमा अघि बढ्न सकेको छैन।

    पछिल्लो समय ऊर्जामन्त्री खड्काले आयोजना क्षेत्र वरपर झन्डै १००० मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना गर्ने गरी मोडालिटी टुंग्याइएको जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij