Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

महुली लघुवित्तको नाफा २५५% ले उकालो, चौथो त्रैमाससम्म ११ करोड ४५ लाख खुद नाफा

महुली लघुवित्तको नाफा २५५% ले उकालो, चौथो त्रैमाससम्म ११ करोड ४५ लाख खुद नाफा

  •  

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्म ११ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २१ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा २५५.८० प्रतिशतले वृद्धि भएको हो।

    कम्पनीको नाफा वृद्धि गर्न कुल सञ्चालन आम्दानीमा ३६ प्रतिशतभन्दा बढीले भएको वृद्धिले मुख्य भूमिका खेलेको छ। अघिल्लो वर्ष ३० करोड ७९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी हाल ४१ करोड ९६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। साथै, इम्पेरमेन्ट चार्जसम्बन्धी खर्च ३ करोड ७७ लाखबाट घटेर १ करोड ७७ लाख रुपैयाँमा झरेको छ, जसले पनि नाफामा सकारात्मक असर पारेको छ।महुली लघुवित्तको चौथो त्रैमाससम्मको वितरणयोग्य नाफा १२ करोड ४१ लाख रुपैयाँभन्दा बढी छ, जुन अघिल्लो वर्षको २ करोड ६४ लाख रुपैयाँभन्दा उल्लेखनीय रुपमा उच्च हो। हाल कम्पनीको चुक्तापुँजी ३६ करोड ९९ लाख रुपैयाँ छ भने जगेडा कोषमा २९ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम सञ्चित छ।

    कम्पनीले हालसम्म १ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको छ। कुल ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको महुलीको निष्क्रिय कर्जा अनुपात ९ल्एी० अघिल्लो वर्ष ३।९४ प्रतिशतबाट बढेर ४।८० प्रतिशत पुगेको छ।महुली लघुवित्तको प्रतिशेयर आम्दानी ९भ्एक्० ३० रुपैयाँ ९६ पैसा कायम छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ, जुन संस्थाको वित्तीय स्थायित्व र लगानीकर्ताको दृष्टिकोणले सशक्त देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij