Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

शिव श्री हाइड्रोपावरको शेयरमूल्य समायोजन, शतप्रतिशत हकप्रद शेयरका लागि बुक क्लोज साउन १६ गते

शिव श्री हाइड्रोपावरको शेयरमूल्य समायोजन, शतप्रतिशत हकप्रद शेयरका लागि बुक क्लोज साउन १६ गते

  •  

    काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले कम्पनीको बिहीबार ९साउन १५० को अन्तिम कारोबार मूल्य २८५ रुपैयाँ ६५ पैसाका आधारमा शतप्रतिशत बोनस शेयरपछि समायोजित मूल्य १९२ रुपैयाँ ८३ पैसा तोकेको हो।

    कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गर्दै साउन १६ गतेलाई बुक क्लोज मिति निर्धारण गरेको छ। यस अनुसार, साउन १५ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताहरुले मात्र हकप्रद शेयरमा दावी गर्न सक्नेछन्। यद्यपि, हकप्रद शेयर निष्कासनको मिति भने अझै तय गरिएको छैन।

    शिव श्री हाइड्रोपावरले हाल १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको चुक्तापूँजी रहेको जनाएको छ। सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। कम्पनीले साउन ४ गते बोर्डबाट अनुमति पाएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij