Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कायम

शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कायम

  • काठमाडौँ ।   शुक्रबार सुनको मूल्य  प्रतितोला ५०० रुपैयाँ  घटेर    प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कायम  भएको छ ।  साउन १६ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन  बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार  शुक्रबार  छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो।

    त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।

     


     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij