
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १६ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मे इन' कोरियन स्किन हस्पिटलमा विशेष छुट
काठमाडौं। एनआईसी एशिया बैंक र कोरियन स्किन हस्पिटल लेट मे इन बीच विशेष छुटसम्बन्धी सहमति भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखराको चिप्लेढुंगामा रहेका लेट मे इन शाखाहरूमा सेवा लिँदा विशेष छुट पाउने छन्।
अब ग्राहकले Hair Transplant, Facial, Anti-aging Treatment, Scar Treatment, Acne Treatment, तथा Hyperbaric Oxygen Therapy सेवामा १० प्रतिशत छुट पाउने छन्। साथै, कोरियन उत्पादनमा ८ प्रतिशत छुट उपलब्ध हुनेछ।
यस सुविधाको लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ अथवा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट सम्पन्न
काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सदावहार योजना को सेयर बिहीबार बाँडफाँट गरिएको छ।
यो योजना सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवर्द्धनमा सुरु गरिएको हो, भने योजना व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी असार १३ गतेदेखि २७ गतेसम्म खुला भएको यो प्रथम खुलामुखी योजना हो। योजनामा सर्वसाधारणबाट मागेभन्दा धेरै आवेदन प्राप्त भएकाले बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर निष्कासन गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने घोषणा गरेको छ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्कासन गर्न लागिएको हो।शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डका अध्यक्ष मनिष थापाले हस्ताक्षर गरेका हुन्।दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण 'एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने'काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ ।सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International Securities Identification Number (ISIN) आइजिन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले अर्थमन्त्री, संसदको अर्थसमिति, सेबोन र सिडिएससीको ध्यानाकर्षण गराएको हो ।
फिक्कल ।आर्थिक वर्ष २०८१र८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् ।
राष्ट्रिय गौरवका जलविद्युत् र सिँचाइ आयोजना: जग्गा अधिग्रहण र हेडवर्क्स प्रमुख चुनौती
काठमाडौँ । राष्ट्रिय गौरवका अधिकांश जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र ‘हेडवर्क्स’ निर्माण प्रमुख समस्याका रूपमा देखिएका छन् । यस्ता आयोजनाको कार्यान्वयन गति सुस्त हुँदा लागत बढ्नुका साथै सेवाग्राही सेवा उपभोग गर्नबाट वञ्चित भएका हुन् ।
हाल मुलुकमा २७ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा रहेकामध्ये सात वटा जलविद्युत् र सिँचाइसँग सम्बन्धित छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित ती आयोजनामा निर्माण व्यवसायीको लापरवाही, संरक्षण क्षेत्रभित्र पर्नु तथा कारण कानुनी उल्झन चुनौतीका रूपमा देखिएका मन्त्रालयका सचिव सरिता दवाडीले बताउनुभयो ।
विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते
झापा । मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज सडकबाट अनियन्त्रित भई पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थीवाहक भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना भएको भ्यान सानो भए पनि त्यसमा भरिभराउ विद्यार्थीले यात्रा गरिरहेका थिए । भ्यानले विद्यार्थी बोकेर स्कुलतर्फ लगिरहेको बेला दुर्घटना भएको थियो । दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा पुगेको थियो ।
शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबारको खाता खोल्दा अब अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र (NID) नम्बर आवश्यक पर्ने व्यवस्था लागू गरेको छ। सार्वजनिक सूचना जारी गर्दै नेप्सेले सबै ब्रोकर कम्पनीहरूलाई नयाँ खाता खोल्ने क्रममा ग्राहकको राष्ट्रिय परिचय पत्र नम्बर लिन अनिवार्य गर्न पत्राचार गरेको हो।
अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष भयो
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष बढेर गएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेपछि यो व्यवस्था कार्यान्वयन हुन पुगेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे जनाइएको छ ।
काठमाडौँ तराई मधेश द्रुतमार्गको लागत ९२ अर्बबाट २ खर्ब ११ बढेर गयो
काठमाडौँ । सुरुमा ९२ अर्ब रुपैयाँ लागतको काठमाडौँ तराई मधेश द्रुतमार्गका लागि संशोधन हुँदै हाल २ खर्ब ११ अर्ब ९३ करोडको भएको छ ।राष्ट्रिय गौरवको आयोजनको रूपमा अगाडि बढाइएको काठमाडौँ तराई मधेशको द्रुतमागको यो लागत वृद्धि १३० प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा
जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ ।
सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो ।
विदेशी भूमिमा षड्यन्त्र गरेको पश्चिमा आरोप ‘आधारहीन’ भएको इरानको दावी
तेहरान । तेहरानले पश्चिमा मुलुकका विद्रोही, पत्रकार र अधिकारीलाई मार्ने वा अपहरण गर्ने प्रयास गरेको भन्ने अमेरिका र उसका एक दर्जनभन्दा बढी सहयोगी राष्ट्रको आरोपलाई शुक्रबार खण्डन गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक विज्ञप्ति जारी गर्दै उक्त दाबीलाई ‘आधारहीन’ भन्दै यसलाई ‘प्यालेस्टाइनमा भएको नरसंहार’ भन्ने आजको सबैभन्दा महत्वपूर्ण मुद्दाबाट जनताको ध्यान मोड्ने प्रयास भएको बताउनुभएको छ ।
रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जा मन्त्री खड्का
खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताउनुभएको छ । सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
इप्पानको चेतावनी : शेयर अभौतिकीकरणमा दोहोरो आइजिन व्यवस्था हटाउन चार निकायलाई ध्यानाकर्षण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शेयर अभौतिकीकरण प्रक्रियामा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले प्रस्ताव गरेको दोहोरो आइजिन नम्बरको व्यवस्थाप्रति आपत्ति जनाउँदै अर्थमन्त्री, संसद्को अर्थ समिति, नेपाल धितोपत्र बोर्ड (सेबोन) र सीडीएससीलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ। सीडीएससीले कम्पनीको शेयर सूचीकरण गर्दा संस्थापक (Promoter) र सर्वसाधारण (Public) लगानीकर्तालाई छुट्टाछुट्टै आइजिन नम्बर दिने प्रस्ताव अघि सारेपछि इप्पानले यसले पूँजी बजारमा गम्भीर असर पार्ने बताएको हो।
नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी - एमजी आईएम६ बजारमा आयो
काठमाडौँ । नेपालमै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी एमजी आईएम६ उपभोक्ताका लागि बजारमा आएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको एमजी आईएम 6 ले एआई इन्टेलिजेन्स (AI) संचालित इभीको नयाँ युगको सुरुवात भएको जनाउँदै सार्वजनिक गरिएको हो । अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ,आईएम 6 ले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको कार्यक्रममा जनाइयो ।
काठमाडौँमा आपराधिक गतिविधिमा संलग्न ४७ जना पक्राउ, ‘चक्रे मिलन’ सहित नियन्त्रणमा
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दी तथा आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कायम
काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कायम भएको छ । साउन १६ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो।
कर्णाली डेभलपमेन्ट बैंकमा ठूलो आर्थिक घोटाला: सञ्चालक र व्यवस्थापकद्वारा करोडौं रुपैयाँको अपचलन
काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंकमा सञ्चालक र व्यवस्थापकहरूको मिलेमतोमा ठूलो आर्थिक घोटाला भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान अनुसार बैंकको बचत रकममा करोडौं रुपैयाँ अपचलन भएको पाइएको छ। यसअनुसार १०९ जनाविरुद्ध ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकमको हिनामिनाको मुद्दा उच्च अदालत बाँकेमा दायर गरिएको छ।
अभियोगपत्रमा विभिन्न किसिमका अनियमितताहरू देखिएका छन् — बैंकमा नगद रकम नदेखाई हिनामिना, ऋण पुनः खडा गरी अपचलन, अवैध बचत संकलन, रेमिट कारोबारमा अनियमितता, र कर्मचारीहरूले आफ्नो फाइदाका लागि रकम हिनामिना गरेको आरोप समावेश छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij