Logo

Aug 04 2025 | २०८२, साउन १९गते

Aug 04 2025 | २०८२, साउन १९गते

images

आइतबार ३ हजार ४ सय रुपैयाँ बढेर सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम

आइतबार ३ हजार ४ सय रुपैयाँ बढेर सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम

  • काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ ।

    अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij