
काठमाडौं। साताको दोस्रो दिन सोमबार सुन तोलामा १०० रुपैयाँ बढेर प्रति तोला १ लाख ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
साताको पहिलो दिन सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँ थियो भने बिहीबार १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो।
सोमबार चाँदी प्रति तोला २ हजार २ सय ५५ रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा १५ रुपैयाँ बढ्दा आइतबार तोलाको २ हजार २ सय ५० रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ३३५९.९३ डलर र चाँदी प्रति औंस ३७.११ डलरले कारोबार भइरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij