Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

भाषा परीक्षाको आवेदन साउन २६ देखि खुला हुन लागेको कोरियामा जाने कोटा  ५३००

भाषा परीक्षाको आवेदन साउन २६ देखि खुला हुन लागेको कोरियामा जाने कोटा  ५३००

  • काठमाडौँ । भाषा परीक्षाको आवेदन साउन २६ देखि खुला हुन लागेको दक्षिण कोरियामा  नेपाली जाने कोटा ५ हजार ३ सय रहेको छ ।  दक्षिण कोरियाले थप ५ हजार ३०० नेपालीलाई रोजगारी दिने भएको छ। कोरियाले उत्पादनमूलक क्षेत्रतर्फ ३५०० र कृषि तथा पशुपालन क्षेत्रतर्फ १८०० नेपालीलाई रोगगारी दिने भएको हो।यसका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक सातापछि आवेदन  खुला गर्न लागिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले सोमबार भाषा परीक्षाका लागि साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिने सूचना निकालेको छ। फारम भर्नका लागि १८ वर्ष पूरा भएको र ३९ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

    आवेदन अनलाइनमार्फत भर्नुपर्नेछ। परीक्षा शुल्क २८ अमेरिकी डलर तोकिएको छ। परीक्षाको मिति भने तोकिएको छैन। कोरियाले भाषा परीक्षामा पास हुनेलाई डेढ दशकदेखि आफ्नो मुलुकमा लगेर रोजगारी दिंदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij