Logo

Aug 10 2025 | २०८२, साउन २५गते

Aug 10 2025 | २०८२, साउन २५गते

images

नेप्से परिसूचकमा ७२ अंकभन्दा बढीको गिरावट, सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि कमजोर

नेप्से परिसूचकमा ७२ अंकभन्दा बढीको गिरावट, सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि कमजोर

  • काठमाडौँ ।यस साता नेप्से परिसूचक २.४७ प्रतिशत अर्थात् ७२.२६ अंक घटेर २८५०.३७ विन्दुमा बन्द भएको छ। गत साता २९२२.६३ विन्दुमा बन्द भएको नेप्से पाँच कारोबार दिनमध्ये दुई दिन बढेर र तीन दिन घटेर बन्द भएको हो।

    साथै, सेन्सेटिभ इन्डेक्स १०.९६ अंक, फ्लोट इन्डेक्स ४.९० अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.५७ अंकले घटेका छन्। कारोबार रकम पनि ठुलो मात्रामा घटेको छ—गत साता दैनिक औसत १९ अर्ब ३८ करोड रुपैयाँको शेयर किनबेच हुने बजारमा यस साता दैनिक औसत ९ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ, जुन ४९.०२ प्रतिशतको गिरावट हो।

    कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ४८ खर्ब ७६ अर्ब रुपैयाँ रहेकामा यस साता १ खर्ब १९ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ। १३ उपसमूहमध्ये व्यापार बाहेक सबै उपसमूह घटेका छन्। अन्य उपसमूह ५.२५ प्रतिशतले घटेको छ भने अंकका आधारमा निर्जीवन बीमा उपसमूह ४५२.७२ अंकले ओरालो लागेको छ।

    कम्पनीगत रूपमा, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १८.२६ प्रतिशतले बढेर साप्ताहिक रूपमा अग्रस्थानमा रह्यो, भने सान्भि इनर्जीको शेयरमूल्य १३.२८ प्रतिशतले घटेर सबैभन्दा ठूलो गिरावटमा रह्यो।

    फ्लोरसिट विश्लेषणमा अप्पर साङ्गे हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, र रिलायबल समृद्धि योजना ‘मोस्ट पपुलर बाइ स्टक’ मा अग्रपंक्तिमा देखिए भने हिमालयन लाइफ इन्स्योरेन्स, सनराइज ब्लुचिप फण्ड, र माउन्टेन इनर्जी नेपाल ‘मोस्ट पपुलर सेल स्टक’ मा परेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij