Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

गत साता नेप्से परिसूचक २.१८% घटेर २७८८.३६ विन्दुमा, बजार कमजोर भोल्यूम र बियरिश प्रवृत्तिमा

गत साता नेप्से परिसूचक २.१८% घटेर २७८८.३६ विन्दुमा, बजार कमजोर भोल्यूम र बियरिश प्रवृत्तिमा

  • काठमाडौँ । गत साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर २७८८.३६ विन्दुमा बन्द भएको छ। अघिल्लो साता २८५०.३७ विन्दुमा बन्द भएको नेप्से यस साता ६२.०१ अंकले ओरालो लागेको हो। ४ कारोबार दिनको अवधिमा १ दिन नेप्से सामान्य अंकले बढेको भए पनि बाँकी ३ दिन घटेर बन्द भएको छ।

    टेवा क्षेत्र र सम्भावित प्रतिरोध
    गत साता नेप्से टेवा क्षेत्रमा २७६०–२८०० बिन्दुमा सीमित रह्यो। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २८८०–२९२० बिन्दुमा प्रतिरोधको सामना गर्न सक्छ।

    बिक्रीकर्ता हावी तर सेलिङ्ग प्रेशर घट्दै
    साप्ताहिक रूपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ, जसले बजारमा बिक्रीकर्ता हावी रहेको संकेत गर्छ। यद्यपि, सातामा दैनिक घट्दो भोल्यूमले बजारमा सेलिङ्ग प्रेशर कम हुँदै गएको देखाउँछ।

    कमजोर भोल्यूम
    गत साता नेप्सेमा दैनिक औसत शेयर कारोबार ७ अर्ब ६९ करोड रुपैयाँ मात्र भएको छ। २० दिने औसत भोल्यूम १४ अर्ब ४८ करोड रुपैयाँ रहेकोले गत साता दैनिक औसत भोल्यूम ४६.८५ प्रतिशत कम देखिएको छ।

    बियरिश प्रवृत्ति कायम
    नेप्से परिसूचक बियरिश प्रवृत्तिमा छ। एमएसिडी रेखा र सिग्नल रेखाभन्दा नेप्से तल रहेको छ र दुबै रेखाको दूरी फराकिलो हुँदैछ। साथै, नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

    खरिदबिक्री चाप सन्तुलनमा
    गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेकोले बजारमा खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij