Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

  •  

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले यही भदौ ११ गतेदेखि आईपीओ ९सर्वसाधारणलाई पहिलो पटक सेयर बिक्री० निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी सेयर जारी गर्न लागेको हो।

    कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति मिलिसकेको छ।

    यसअन्तर्गत, जारी पूँजीको १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर रुपन्देही र पाल्पा जिल्लाका उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। साथै, १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ भदौ २५ गतेसम्म (ढिलोमा असोज ९ गतेसम्म०)खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भदौ १५ गतेसम्म ९ढिलोमा भदौ २५ गतेसम्म० आवेदन दिन सकिनेछ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij