Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेप्से ३ हजार नाघेपछि २७७६ मा झर्यो, माइक्रोफाइनान्स र हाइड्रोपावर कम्पनीहरूमा सबैभन्दा ठूलो गिरावट

नेप्से ३ हजार नाघेपछि २७७६ मा झर्यो, माइक्रोफाइनान्स र हाइड्रोपावर कम्पनीहरूमा सबैभन्दा ठूलो गिरावट

  • काठमाडौँ। पछिल्लो समय नेप्से परिसूचकले ३ हजारको विन्दु चुमेपछि निरन्तर गिरावट भोगिरहेको छ। १४ कारोबार दिनमध्ये १० दिन बजार घट्दा केवल ४ दिन मात्र बढ्न सफल भएको छ।

    नेप्से ३ हजार चुमेपछि हाल २७७६.९० विन्दुमा बन्द भएको छ भने इन्ट्राडेमा २७५५ विन्दुमा झरेको थियो। यस अवधिमा बजार ७.५% भन्दा बढीले घटेको छ।

    उपसमूहहरूमध्ये सबैभन्दा बढी विकास बैंक १०.३२%, माइक्रोफाइनान्स ८.९६%, फाइनान्स ८.५८%, लाइफ इन्स्योरेन्स ८.२२%, र नन–लाइफ इन्स्योरेन्स ८.१६%**ले घटेका छन्। सबैभन्दा कम घट्ने समूह भने होटल समूह (४.८६%) रहेको छ।

    कम्पनीगत हिसाबले हेर्दा, नेप्से ३ हजार नाघेपछि २०% सम्म मूल्य घटेका कम्पनीहरू देखिएका छन्। तीमध्ये

    • सुपर माडी हाइड्रोपावर पहिलो नम्बरमा पर्‍यो, जसको मूल्य साढे २१% तल झरेर रु. १,२०२ बाट रु. ९४४ मा आएको छ।
    • समता घरेलु लघुवित्त १९% ले घटेर रु. १,१४८ बाट रु. ९२४ मा कारोबार भयो।
    • आरएसडीसी लघुवित्त १८.२८% घटेर रु. ६९१ मा कारोबार भइरहेको छ।

    यस्तै, लुम्बिनी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स, नाडेप लघुवित्त करिब १५% घटेका छन्। अरू पनि दर्जनौँ कम्पनी १३–१४% हाराहारीमा ओरालो लागेका छन्।

    बजारमा अहिले तरलता प्रशस्त भए पनि, नयाँ IPO, हकप्रद र प्रि-IPO का कारण पैसा दोस्रो बजारमा आउन नसकेको लगानीकर्ताहरूको दाबी छ। औसत बेस रेट ६% भन्दा तल पुगे पनि बजारले त्यसको प्रत्यक्ष लाभ लिन सकेको छैन।

    विश्लेषकहरूका अनुसार बजार अहिले २७५५ विन्दुमा स्थिर हुने संकेत दिइरहेको छ। यसबीचमा छोटो अवधिमा धेरै गिरावट आएका कम्पनीमा स्मार्ट लगानीकर्ताले रणनीतिक प्रवेश गर्ने सम्भावना पनि देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij