Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

शुक्रबार सुनको भाउ बढेर प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम

शुक्रबार सुनको भाउ बढेर प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम

  • काठमाडौँ । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको  हो । 

    अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

    यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

    चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij