Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बुटवलमा भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन  बरामद

बुटवलमा भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन  बरामद

  • काठमाडौँ । प्रहरीले भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन  बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट ती मोबाइल बरामद गरेको हो।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्र रानाले  बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको जानकारी दिएका हुन्  ।

    प्रहरीका अनुसार प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू सडकमा झोला फ्याँकेर भागेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij