Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

फेरि बक्यौता भुक्तानीका लागि उखु किसानहरू राजधानी आए

फेरि बक्यौता भुक्तानीका लागि उखु किसानहरू राजधानी आए

  • काठमाडौँ । फेरि बक्यौता भुक्तानीका लागि उखु किसानहरू राजधानी आएका छन् । उनीहरूले  राजधानीको माइतीघरमा उखुसहित धर्नामा बसेका हुन् । प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आइतबारदेखि धर्नामा बसेका हुन् । 

    आर्थिक वर्ष २०८१/०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको माग छ । आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूले बताएका छन् । 

    अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू सांकेतिक रूपमा उखु बोकेरै माइतीघर मण्डलामा भेला भएका छन् ।उखु किसानहरूले बक्यौता भुक्तानीका लागि विगतमा राजधानीमा धर्ना प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij