Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

निजी विद्यालय सञ्चालक र शिक्षक महासङ्घद्वारा विधेयक सच्याउन दबाब, विद्यालय बन्दको चेतावनी

निजी विद्यालय सञ्चालक र शिक्षक महासङ्घद्वारा विधेयक सच्याउन दबाब, विद्यालय बन्दको चेतावनी

  • काठमाण्डाै । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

    निजी विद्यालयका छाता सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विधेयकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउनुपर्ने माग राखेका छन्।

    यस्तै, नेपाल शिक्षक महासङ्घले पनि प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै विगतमा भएको सहमति अनुसार हिजो नेपाली कांग्रेसको कार्यालय घेरा घरेको थियो भने आज नेकपा एमालेको कार्यालय घेराउ गरेको छ।

    शिक्षक महासङ्घ र निजी विद्यालय सञ्चालकहरूले विधेयकमा संशोधन नगरे सम्म दबाब जारी राख्ने योजना बनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij