Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सदस्यमा, ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था समितिको सभापति

रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सदस्यमा, ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था समितिको सभापति

  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइने भएको छ। कर्मचारीको कुलिङ पिरियडसम्बन्धी गडबडीका कारण विवादमा आएपछि उनले राज्य व्यवस्था समितिको सभापतिको पदबाट राजीनामा दिएका थिए।

    सो राजीनामाको जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउनेछन्।

    खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति तोकिएको छ। उनी यसअघि सुनुवाइ समितिको पनि सभापति थिइन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij