Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि शनिबार चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङ को मैत्रीपूर्ण निमन्त्रणामा उनी सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने भएका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलमा २३ सदस्य रहनेछन् । भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस्तै, उपराष्ट्रपति हान चङसँग भेट्ने तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न ६ देशका सरकार प्रमुखसँग छुट्टाछुट्टै वार्ता गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । भ्रमण सम्पन्न गरी उनी भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij