Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सानीभेरी जलविद्युत् आयोजना (४४.५२ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न, नौ अर्ब ६० करोड लागत

सानीभेरी जलविद्युत् आयोजना (४४.५२ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न, नौ अर्ब ६० करोड लागत

  • काठमाडौं ।एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सो आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले संयुक्त लगानी गर्ने भएका छन्।

    आयोजनामा सिटिजन्स बैंकले रु दुई अर्ब ५० करोड, नवील बैंकले रु एक अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु एक अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले समान एक-एक अर्ब लगानी गर्नेछन्।

    सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इन्भेस्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्।

    कूल रु नौ अर्ब ६० करोड लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणमार्फत पूँजी जुटाइनेछ। रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक २८३ दशमलव ३७ गिगावाट घण्टा बिजुली उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित बिजुली बाफीकोट सवस्टेशनमा जोडिनेछ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ गते विद्युत् खरिद बिक्री सम्झौता (PPA) गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij