Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

असोजदेखि विदेशी पर्यटकको अनलाइन अनुगमन सुरु गरिने

असोजदेखि विदेशी पर्यटकको अनलाइन अनुगमन सुरु गरिने

  • काठमाडौँ । असोजदेखि विदेशी पर्यटकको अनलाइन अनुगमन सुरु गरिने भएको छ ।
    नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गरिने भएको हो ।अध्यागमन विभागले जनाए अनुसार नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ ) प्रणाली विकास गरेको छ ।

    पहिलो चरणमा १ असोजबाट अनिवार्य रूपमा काठमाडौं उपत्यका भित्रका तारे होटेलमा यो प्रणाली लागु गर्न लागिएको विभागले जनाएको छ ।दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने जनाइएको छ ।विभागका अनुसार त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू हुने तयारी गरिएको छ ।विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध हुन अनुरोध पनि गरेको  जनाएको छ ।

    विभागले  सोमबार यस सम्बन्धमा गरेको  निर्णय अनुसार यो प्रणाली कार्यान्वयन गर्न लागिएको विभागका अधिकारीहरू बताउँछन् ।प्रवक्ता टीकाराम ढकालले जानकारी सार्वजनिक गरे यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने छ । यसले आपत्कालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ । यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान प्रदानको प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij