Logo

Sep 04 2025 | २०८२, भदौ १९गते

Sep 04 2025 | २०८२, भदौ १९गते

images

शेयर बजार : नेप्से परिसूचक १९.८९ अंकले घटेर २,७४१.९७ बिन्दुमा, ४ अर्ब ४३ करोड बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक १९.८९ अंकले घटेर २,७४१.९७ बिन्दुमा, ४ अर्ब ४३ करोड बढीको कारोबार

  • काठमाडौँ । आज मंगलबार शेयर बजारमा नेप्से परिसूचकसँग कारोबार पनि झरेको छ । मंगलबार १७.७६ बिन्दुको गिरावट भई २७४४.०९ बिन्दुमा नेप्से झरिरहेका बेला कुल कारोबार करिब एक अर्बले घटेर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८सय १२ रुपैयाँ ७१ पैसा बराबर भएको छ ।
    मंगलबार १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयरको खरिदबिक्री भएको नेप्सेले जनाएको छ । हिजो सोमबार नेप्से परिसूचक १२.९१ले बढेर जाँदा २७६२.७४ बिन्दुमा उक्लिएको थियो । सोमबार  एक करोड १४ लाख ४० हजार ८ सय ४४ कित्ता शेयरको खरिद बिक्री भइ कारोबार ५ अर्ब १० करोड ५७ लाख ४७ हजार ६सय ५७ रुपैया ६५ पैसा बराबर भएको थियो । यस्तै आइतबार १ करोड ४८ दाख ५ हजार ५ सय ६९ कित्ता शेयरको खरिद बिक्री भइ ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३ सय ७९ रुपैयाँ १० पैसाको कारोबार भएको थियो । आइतबार नेप्सेमा ३०.६९को गिरावट भइ नेप्से २७५०.३०मा झरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij