Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

आरबिबि मर्चेन्ट बैंकिङ्गले ‘आरबिबि फोकस ४०’ सामूहिक लगानी कोषको १० करोड इकाई सार्वजनिक निष्काशनमा ल्यायो

आरबिबि मर्चेन्ट बैंकिङ्गले ‘आरबिबि फोकस ४०’ सामूहिक लगानी कोषको १० करोड इकाई सार्वजनिक निष्काशनमा ल्यायो

  • काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन हुने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई आज (भदौ १८ गते)देखि सार्वजनिक निष्काशनमा ल्याएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री खुला गरिएको हो।

    यसमा न्यूनतम १ करोड ४० लाख इकाई (१४%) कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित गरिएको छ भने न्यूनतम १० लाख इकाई (१%) योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। निष्काशन छिटोमा भदौ २२ गते बन्द हुनेछ, तर सो अवधिभित्र पूर्ण बिक्री नभएमा असोज १ गतेसम्म लम्बिन सक्छ।

    १२ वर्ष अवधिको यो योजनामा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसअघि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबर्द्धकलाई CARE NP A+ Issuer Rating प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले ICRA NP AMC Quality-3 रेटिङ दिएको छ।

    यो योजनाले नेप्सेमा सूचीकृत कम्पनीहरूको धितोपत्रको आन्तरिक मूल्यांकन गरी उच्चतम प्रतिफल दिने सम्भाव्य ४० कम्पनीलाई प्राथमिकतामा राखेर लगानी गर्नेछ। तर समय र परिस्थिति अनुसार आवश्यकता देखिए ४० भन्दा बढी कम्पनीमा पनि लगानी गर्न सकिने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij