Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

दशैं–तिहार लक्षित सुपथ मूल्य पसल भदौ ३० देखि सञ्चालन हुने

दशैं–तिहार लक्षित सुपथ मूल्य पसल भदौ ३० देखि सञ्चालन हुने

  •  

    काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लक्षित सहुलियत पसल (सुपथ मूल्य पसल) भदौ ३० गतेदेखि देशभर सञ्चालन हुने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९ पालिकाका १५१ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशनले ४० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो।

    हरेक वर्षझैं, खाद्य कम्पनी र साल्ट ट्रेडिङले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने प्रथा यस वर्ष पनि कायम राखिएको छ। यसअन्तर्गत उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चाडपर्वका आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।

    सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसी–बोकासम्ममा छुटको व्यवस्था गरिएको छ। कम्पनीले सञ्चालन गर्ने पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ। जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, हरेक ब्रान्डका खानेतेल, आँटा र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट उपलब्ध हुनेछ।

    त्यस्तै, कर्णालीका रैथाने उत्पादन—सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सी चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ। साल्ट ट्रेडिङले आफ्ना विक्री केन्द्रमार्फत नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तथा तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij