Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

ओमस्टोन होटेल्स र सिटिजन्स क्यापिटलबीच आईपीओ बिक्री प्रबन्धक सम्झौता

ओमस्टोन होटेल्स र सिटिजन्स क्यापिटलबीच आईपीओ बिक्री प्रबन्धक सम्झौता

  • काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि सिटिजन्स क्यापिटलले ओमस्टोन होटेल्स लिमिटेडको प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । सम्झौता कार्यक्रममा संस्थापक पक्षका प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको विशेष उपस्थिती रहेको थियो । सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिसोर्ट काभ्रेपलाञ्चोकको धुलिखेलस्थित पात्लेखेतमा रहेको छ । अन्तर्राष्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा बनेको यो रिसोर्टले हिमालय र उपत्यकाको मनोरम दृश्यका साथै शान्त र रमणीय वातावरणमा सम्मेलन, सेमिनार तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आकर्षक गन्तव्य बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij