Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

अमेरिकी संघीय अदालतको फैसला : प्रयोगकर्ताको डेटा गोपनीयता उल्लङ्घन गरेको ठहरसहित गुगललाई ४२ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश

अमेरिकी संघीय अदालतको फैसला : प्रयोगकर्ताको डेटा गोपनीयता उल्लङ्घन गरेको ठहरसहित गुगललाई ४२ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश

  • काठमाडौँ । अमेरिकी संघीय अदालतले गुगललाई प्रयोगकर्ताको गोपनीयता भंग गरेको ठहर गर्दै ४२ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले गुगलले लाखौं प्रयोगकर्ताको व्यक्तिगत डेटा सङ्कलन गरी सुरक्षित राख्न नसकेको र दुरुपयोग हुने अवस्था सिर्जना भएको भन्दै यस्तो फैसला गरेको हो ।

    करिब ९ करोड ८० लाख गुगल प्रयोगकर्ताको व्यक्तिगत डेटा चोरी भएको दाबी गर्दै सन् २०२० जुलाईमा दायर गरिएको मुद्दामा हाल अदालतले निर्णय सुनाएको हो । मुद्दा दायरकर्ताले ३१ अर्ब डलर क्षतिपूर्ति माग गरेका थिए । तर, अदालतले सो अनुरोध अस्वीकार गर्दै केवल ४२ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको छ ।

    गुगलले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै अदालतको यो निर्णयविरुद्ध पुनरावेदन गर्ने घोषणा गरेको छ । साथै कम्पनीले प्रयोगकर्ताको गोपनीयता सुरक्षा गर्न सधैं प्रतिवद्ध रहेको भन्दै उपभोक्तालाई आश्वस्त गराउने प्रयास गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij