Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू दूरसञ्चार सेवा प्रदायकद्वारा निष्क्रिय

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू दूरसञ्चार सेवा प्रदायकद्वारा निष्क्रिय

  • काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेका छन्। नेपाल टेलिकम र एनसेलले प्राधिकरणको पत्रका आधारमा आफ्नो नेटवर्कमार्फत ती प्लेटफर्महरूलाई निष्क्रिय पारेका हुन्।

    नेपाल टेलिकमले सार्वजनिक गरेको सूचनामा सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ।

    यस्तै, एनसेलले पनि सरकारले दिएको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आफ्नो नेटवर्कमा बन्द गरेको जनाएको छ।

    प्राधिकरणले बिहीबार टेलिकम कम्पनीहरूलाई पठाएको पत्रमार्फत २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो। तीमध्ये फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका प्रमुख प्लेटफर्महरू रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij