
काठमाडौँ । नेपाल पुनर्बीमाको नाफा ६ प्रतिशतले बढेको छ । शुक्रबार सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा ६.२ प्रतिशत बढेको छ ।
कम्पनीले गत अर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो नाफा ५१ करोड ५८ लाख रुपैयाँ थियो ।
कम्पनीको नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी पहिले ५.३६ रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५.४५ रुपैयाँ छ ।
कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब १५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ७ अर्ब ११ करोड रुपैयाँ छ ।
कम्पनीको सञ्चित आम्दानी ७४ करोड ३७ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४९.१५ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १६६९.९० रुपैयाँ छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij