Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

रियलमी नोट ७० नेपाली बजारमा : शक्तिशाली ब्याट्री, मिलिटरी–ग्रेड मजबुती र आकर्षक डिजाइन

रियलमी नोट ७० नेपाली बजारमा : शक्तिशाली ब्याट्री, मिलिटरी–ग्रेड मजबुती र आकर्षक डिजाइन

  • काठमाडौँ ।विश्वमै छिटो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडल रियलमी नोट ७० नेपाली बजारमा सार्वजनिक गरेको छ। यसमा रहेको ६३०० mAh को ब्याट्रीले एकपटक चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा प्रदान गर्छ भने, १५W फास्ट चार्जिङ र ६W रिभर्स चार्जिङले डाउनटाइम कम गर्छ।

    टिकाउपनका लागि यसमा मिलिटरी–ग्रेड मजबुती, आर्मरशेल प्रोटेक्सन, सोनिक वेभ इजेक्सन टेक्नोलोजी तथा IP54 डस्ट एण्ड वाटर रेजिस्टेन्स समावेश गरिएको छ, जसले यसलाई आफ्नो वर्गकै सबैभन्दा बलियो स्मार्टफोन बनाउँछ। डिजाइनका हिसाबले ७.९४mm को अल्ट्रा–स्लिम बडी र २०१ ग्राम हलुका तौलले शैली र टिकाउपन दुबै सुनिश्चित गर्छ। ९०Hz आइ–कम्फर्ट डिस्प्लेले लामो प्रयोगमा आँखाको थकान कम गर्छ भने, १३MP AI क्यामेरा र युनिसोक T7250 अक्टा–कोर चिपसेटले फोटोग्राफी र स्मूथ मल्टीटास्किङ अनुभव दिलाउँछ।

    मनोरञ्जनको लागि फोनमा ३००% अल्ट्रा बूम स्पिकर र पल्स लाइट नोटिफिकेसन फीचर उपलब्ध छन्। बीच गोल्ड र अब्सिडियन ब्ल्याक रंगमा आउने नोट ७० दुई भेरियन्टमा उपलब्ध छ: ४GB+६४GB रु. १३,९९९ र ४GB+१२८GB रु. १४,९९९। शक्तिशाली ब्याट्री, बलियो संरचना र स्मार्ट फिचरसहित नोट ७० ले एट्री–लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij