
काठमाडौँ ।आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन हुने आरबिबि म्युचुअल फण्ड अन्तर्गतको सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ का इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरेको छ। गत भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको यो कोषमा अब असोज १ गतेसम्म आवेदन दिन सकिने भएको छ।
प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनमा ल्याइएको छ। यसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई ९१४ प्रतिशत० कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित गरिएको छ। त्यस्तै, न्यूनतम १० लाख इकाई ९१ प्रतिशत० योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका लागि सुरक्षित गरिएको छ।
सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ८ करोड ५० लाख इकाई खुला गरिएको छ, जसमा इच्छुकले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij