Logo

Sep 07 2025 | २०८२, भदौ २२गते

Sep 07 2025 | २०८२, भदौ २२गते

images

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि १४ उम्मेदवारको नाम सार्वजनिक

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि १४ उम्मेदवारको नाम सार्वजनिक

  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ। भदौ १३ गतेको निर्णयअनुसार समितिले प्राप्त विवरणहरूको अध्ययन गरी १४ जनाको नाम सार्वजनिक गरेको हो।

    सार्वजनिक नामसूचीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङ जिल्लाका उम्मेदवार परेका छन्।

    सार्वजनिक उम्मेदवारहरूको नामसूची

    १. घनश्याम बुधाथोकी (ललितपुर)
    २. चिरञ्जीव पाण्डे (काठमाडौं)
    ३. पारस कार्की (भक्तपुर)
    ४. विष्णुबाबु मिश्र (काठमाडौं)
    ५. बुद्दकाजी श्रेष्ठ (काठमाडौं)
    ६. डा. दामोदर बस्नेत (कास्की)
    ७. चिरञ्जीवी शिवाकोटी (काठमाडौं)
    ८. ज्ञानेन्द्र अधिकारी (झापा)
    ९. देवकुमार कर्ण (मोरङ)
    १०. प्रा.डा. दीपक बहादुर भण्डारी (लमजुङ)
    ११. डा. गंगाधर ढकाल (काठमाडौं)
    १२. रामकृष्ण न्यौपाने (दाङ)
    १३. रमेशकुमार भण्डारी (काठमाडौं)
    १४. महेन्द्र न्यौपाने (भक्तपुर)

    अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनामा सिफारिस समितिबाट छनोटका लागि आवेदन दिएकामध्ये योग्य उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको उल्लेख छ। आवश्यक प्रक्रिया पूरा भएपछि समितिले अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij