
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेपछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध देशभर जेन जी पुस्ता सडकमा उत्रिएपछि बैठक बस्न लागेको हो।
बैठकमा आजको आन्दोलनका कारण उत्पन्न परिस्थितिसँगै समसामयिक विषयमा छलफल हुने जनाइएको छ। कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाइरहेको छ। यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग समेत कुराकानी गरिरहेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij