
काठमाडौंमा आज भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा १४ प्रदर्शनकारीको मृत्यु भएको छ भने विभिन्न अस्पतालमा १०० भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ।
ट्रमा सेन्टरमा उपचाररत एक प्रदर्शनकारीको मृत्यु भएको छ भने त्यहाँ २५ जना घाइतेको उपचार भइरहेको छ, जसमा पाँच जनाको अवस्था गम्भीर रहेको छ।
सिभिल अस्पतालका अनुसार हालसम्म उपचाररत घाइतेमध्ये तीन जनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ भने एभरेष्ट अस्पतालमा उपचाररत ३४ मध्ये तीन जनाको मृत्यु भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ र त्यहाँ १६ घाइते उपचाररत छन्।
घाइतेहरू मध्ये १४ जना प्रहरी रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij