Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

पोखरामा ‘जेनजी’ प्रदर्शनमा प्रहरी हस्तक्षेप, चार घाइते

पोखरामा ‘जेनजी’ प्रदर्शनमा प्रहरी हस्तक्षेप, चार घाइते

  •  

    कास्की । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ। घाइतेहरूको उपचार हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ। घाइतेहरूको परिचय अहिलेसम्म खुलिसकेको छैन, कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

    प्रदर्शन पोखरा सभागृहबाट सुरु भएको थियो र शान्तिपूर्ण रूपमा मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ अघि बढ्दासम्म शान्त रहेको थियो। तर, सभागृहबाट रत्नचोकतर्फ जाने क्रममा प्रदर्शन उग्र बनेको थियो। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन रबरको गोली र अश्रुग्यास प्रयोग गरेको छ। घटना भइरहेको समय अपराह्न पौने ५ बजे पनि रत्नचोक क्षेत्रमा प्रहरीको नियन्त्रण जारी रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij