
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा चार क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको आदेशअनुसार कर्फ्यु सोमबार दिउँसो साढे ३ बजेदेखि लागू भएको छ।
प्रशासनले तोकेको चार क्षेत्रहरूमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न रोक लगाइएको छ। विस्तृत क्षेत्रहरू यस प्रकार छन्स्
उत्तर: हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र
पूर्व: मिलनचोकदेखि जुट विकासभित्र
दक्षिण: अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयदेखि यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोकसम्म
पश्चिम: कलंकी मोडदेखि जनता बस्तीभित्र
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij