Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सुन्धाराको केन्द्रीय कारागारबाट कैदीबन्दी फरार, टोपबहादुर रायमाझी पनि समावेश

सुन्धाराको केन्द्रीय कारागारबाट कैदीबन्दी फरार, टोपबहादुर रायमाझी पनि समावेश

  •  

    काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा हिजो रातिदेखि सुरु भएको होहल्ला र तोडफोडकै बीच कैदीबन्दीहरू फरार भएका छन्। फरारमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भई थुनामा रहेका नेता टोपबहादुर रायमाझी समेत रहेको स्रोतले जनाएको छ। स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीहरू कारागार छोड्न बाध्य भएका थिए, जसको मौका पाएर कैदीहरूले भागेका हुन्। पछि मात्र सेना परिचालन गरी कारागार नियन्त्रणमा लिइएको छ। सेनाको अनुसार भागेकामध्ये केही कैदीहरूलाई फर्काइएको भए पनि टोपबहादुर रायमाझी भने अझै फेला परेका छैनन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij