Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वको प्रस्ताव, मेयर बालेनको समर्थन

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वको प्रस्ताव, मेयर बालेनको समर्थन

  • काठमाडौँ । नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका छन् । सो प्रस्तावलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन जनाएका छन् ।जेनजी अभियन्ता रक्षा बमका अनुसार बुधबार दिनभर चलेको जेनजी पुस्ताको भर्चुअल बैठकले सर्वसम्मत रूपमा कार्कीको नाम अघि सारेको हो । बैठकमा उनका नाममा सर्वाधिक प्रस्ताव आएको र अन्ततः निर्णय पारित गरिएको जनाइएको छ ।यसैबीच, प्रधानसेनापतिसँग भेट्न पुगेको जेनजी टोलीले पनि अबको नेतृत्व कार्कीलाई दिन सकिने स्पष्ट संकेत गरेको स्रोतले जनाएको छ ।मेयर बालेन शाहको सचिवालयले समेत कार्कीको नेतृत्वलाई समर्थन गर्ने जानकारी दिँदै उक्त निर्णयबारे पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij