Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

अर्थ मन्त्रालय अन्तर्गतका १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय  जलेर नष्ट

अर्थ मन्त्रालय अन्तर्गतका १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय  जलेर नष्ट

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय अन्तर्गतका  १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय  जलेर नष्ट भएका छन् । स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको हो ।अर्थ मन्त्रालयले जनाए अनुसार यस्तो क्षतिको अवस्थामा पनि  भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको  जनाएको छ ।

    आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गर्न नसकिए पनि अनलाइन मार्फत भने राजस्व संकलन भइरहेको पनि जनाइएको छ । पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेको अर्थ स्रोतले जनाएको छ ।त्यसैगरी   कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार  भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको छ ।विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति भएको छ ।

    आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा काठमाडौंको आन्तरिक राजस्व कार्यालयहरू भने सुरक्षित रहेको जनाइएको छ ।

    भन्सारको अनलाइन प्रणाली आशिकुडा र आन्तरिक राजस्वको प्रणाली आईएसपी सुरक्षित रहेकाले कर संकलन सुचारु गर्न सकिने जनाइएको छ ।अर्थ मन्त्रालय अन्तर्गत मुख्य भवन बाहिर रहेको बजेट महाशाखाको एउटा सानो भवन पूर्णरूपमा जलेको छ ।

    मन्त्रालयको मूलभवन आगलागीबाट जोगिए पनि १५ वटा जति गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएको उछ ।नयाँ सरकार आएसँगै अर्थ मन्त्रालयका सम्पूर्ण काम सुचारु गर्ने गरी तयारी थालिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij