Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

रवि लामिछानेले देखाएको कारागार पत्र नक्कली, जेलमा फर्कन आग्रह

रवि लामिछानेले देखाएको कारागार पत्र नक्कली, जेलमा फर्कन आग्रह

  •  

    काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार प्रशासनले दिएको भन्दै सार्वजनिक गरेको पत्र नक्कली भएको पुष्टि भएको छ। कारागार प्रशासनले उनलाई कुनै पत्र नदिएको स्पष्ट पारेको छ। नाम नखुलाउने शर्तमा एक कर्मचारीका अनुसार, रवि कारागारबाट निस्किँदा कुनै कर्मचारी उपस्थित थिएनन्, र उनका पछि अन्य कैदीबन्दी पनि भागेका थिए। भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा घटना भएपछि भदौ २४ गते सबै कर्मचारी बिदामा रहेको जानकारी दिइएको छ।

    रवि सामाजिक सञ्जालमा लाइभ आएर आफूलाई कारागार प्रशासनले जबरजस्ती जेलबाट घर पठाएको दाबी गरेका थिए। उनले कारागारका पत्र देखाए पनि त्यसमा शंका उठाइएको छ। प्रशासनका अनुसार तीनवटा ब्लकमा १,३५० जना रहेका थिए, जसमा हाल १२० जना मात्र फर्किएका छन् र बाँकी क्रमशः फर्किँदैछन्। प्रशासनले जारी गरेको सूचना पछि पनि रविको whereabouts अज्ञात रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij