
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा गठन हुने मन्त्रिपरिषद् आइतबारसम्म विस्तार गर्ने तयारी गरेको छ । अहिले प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् सदस्य चयनका लागि आन्तरिक छलफललाई तीव्रता दिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार शनिबारभित्रै सम्भावित नामावली टुंगो लगाउने र त्यसपश्चात आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको छ । तर, अहिलेसम्म कुनै पनि नाममा अन्तिम सहमति भइसकेको छैन । नयाँ सरकारलाई प्रभावकारी बनाउन अनुभव र क्षमता दुवैलाई आधार मान्दै योग्य व्यक्तिहरूलाई समावेश गर्ने प्रयास भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij