
काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । मंगलवार अपरान्ह सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् ।
भेटका क्रममा राजदुत श्रीवास्तवले भारतले नेपालको उन्नति र समृद्धिका लागि सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै नेपालको विकास, पुन: निर्माणमा भारतले सघाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले भेटवार्ताका क्रममा बताएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij