Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा जाँदै

राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा जाँदै

  • काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन असोज ३१ गते जेनेभा जाने भएका छन्।

     अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू संघीय संसदको नेतृत्व गर्दै जेनेभा जान लागेको जानकारी गराएको  सार्वजनिक गरेका हुन् ।

    यस वर्षको अन्तर-व्यवस्थापिका मञ्चको भेलाको मुख्य विषयवस्तु ‘मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने’ रहेको उनले जनाए ।

    अध्यक्ष दाहालले भने, ‘यो नियमित जस्तै पनि हो। मैले दुई-तीन पटक भेटिसकेको छु। असोज ३१ गते म जेनेभा जाँदैछु। अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेला छ। त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु। त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो।’

    उनले अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij