Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

टोखामा २५ करोड नगद सहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार

टोखामा २५ करोड नगद सहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार

  • काठमाडौँ ।  टोखामा २५ करोड नगद  लोड गरिएको ट्रकसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेनजी आन्दोलनको क्रममा कारागारबाट भाग्न सकेको खुलेको हो । 

    सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट  उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार फर्केका छन् न अहिलेसम्म पक्राउ नै परेका छन् ।कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको  फरार कैदीहरुको सूची   सूचीमा लामाको पनि नाम छ ।

    ४ चैत २०८१ मा टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । ५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० यूरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर (तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ), ट्रक र भरिया लामा पक्राउ परेका थिए ।

     काठमाडौं उपत्यका अपराध अनुसन्धानले पक्राउ गरेका लामा र रकम, ट्रकसहित थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउँदा  विभागले अनुसन्धान गर्दा यसका मालिक सिन्धुपाल्चोककै नारायण पौडेल रहेको खुलेको थियो ।

    भरिया लामा र फरार मालिक पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा २ वैशाखमा मुद्दा दायर गरिएको थियो । भरिया लामालाई  पुर्पक्षका लागि कारागार चलान भएर जगन्नाथ देवल पठाइएको थियो ।

    अहिले कारागारबाट फरार भएका लामा यसअघि पनि मुद्दा चलेका व्यक्ति हुन् । लामाजस्तै करिब साढे ५ हजार कैदीबन्दी अझै पनि फरार छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij