Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

जेनजी आन्दोलनको क्षति बीमा भुक्तानी डेढ अर्ब बढी, पीडितबाट बीमा दाबी २३ अर्ब बढी

जेनजी आन्दोलनको क्षति बीमा भुक्तानी डेढ अर्ब बढी, पीडितबाट बीमा दाबी २३ अर्ब बढी

  • काठमाडौँ । गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाटमा क्षतिपूर्तिका लागि भएको बीमा दाबी मध्ये डेढ अर्ब बढीको भुक्तानी भएको छ ।हालै भुक्तानीको एक अवस्था अनुसार  एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी भएको देखिएको हो ।

    सोही बेला बीमा प्राधिकरणले जनाए अनुसार क्षति बीमा दाबी  २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको रहेको थियो ।सो अवधिमा तीन हजार ९९ वटा दाबीबापत परेको निवदेनको आधारमा निर्धारण गरिएको बीमा दाबी २३ अर्ब २२ करोड ८७ लाख बराबर रहेको थियो ।

    भुक्तानीपछि १४ वटा निर्जीवन बीमा कम्पनी र ४ माइक्रो इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।बीमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बीमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

    यस्तै सङ्ख्याको आधारमा धेरै मोटर बीमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बीमामा ६ सय ५३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपैयाँ भुक्तानी भइसकेको जनाइएको छ । सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब छ करोड ७६ लाख रुपैयाँ दाबी परेको थियो । कुल दाबीको ८१ प्रतिशतभन्दा बढी हो ।

    मोटर बीमामा दुई हजार २ सय ६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब २४ करोड ९१ लाख दाबी भुक्तानी भएको जनाइएको छ । मोटर बीमा अन्तर्गत करिब तीन अर्ब ४१ करोड छ लाख रुपैयाँ दाबी परेको थियो ।

    यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ ३८ करोड तीन लाख रुपैयाँ दाबी परेकोमा हालसम्म करिब ८७ लाख रुपैयाँ दाबी भुक्तानी भएको जनाइएको छ ।यस्तै परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिब एक करोड ६३ लाख रहेको छ ।

    अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब पाँच लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

    बीमा दाबीको आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी दाबी परेका छन् । रकमका आधारमा पनि करिब ७७ प्रतिशत दाबी बागमतीमै  परेको छ । प्रदेशमा १ हजार ६ सय ६९ वटा दाबी मार्फत १७ अर्ब ४८ करोड ३९ लाख रुपैयाँको दाबी १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

    यस्तै कोशी प्रदेशमा ३ सय ९६ वटाबाट २ अर्ब ४० करोड २८ लाख रुपैयाँ दाबी परेकोमा २१ करोड ७८ लाख रुपैयाँ भुत्तानी भइसकेको छ ।सोहीगरी मधेशमा ३ सय ५५ वटाबाट परेको ७० करोड ५४ लाख रुपैयाँको दाबी परेकोमा २ करोड ३३ लाख रुपैयाँ  भुत्तानी भइसकेको छ ।त्यसैगरी लुम्बिनीमा २ सय ४६ वटा परेको दाबीमा ५ करोड ८७ लाख रुपैयाँ भुत्तानी भएको छ ।गण्डकीमा २ सय १२ वटाबाट १ अर्ब ७३ करोड ५५ लाख रुपैयाँको परेको दाबीमा ८ करोड ९७ लाख रुपैयाँ भुक्तानी भएको छ ।यस्तै  सुदूरपश्चिममा १ सय ९९ वटाबाट ३२ करोड ६७ लाख रुपैयाँको दाबीमा १ करोड १८ लाख रुपैयाँ भुक्तानी जनाइएको छ । कर्णालीमा २२ वटा बीमा दाबी मध्ये ५ लाख रुपैयाँ मात्र भुक्तानी भएको जनाइएको छ ।

    हालसम्म भुक्तानी भए आधारमा  सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट सबै भन्दा बढी रकम भुक्तानी गरेको छ । सो कम्पनीले रु ५९ करोड ४४ लाखबराबरको रकम भुक्तानी गरेको हो । सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब ६१ करोड ४४ लाख बराबरको बीमा दाबीको आवेदन परेको थियो ।

    यस्तै दी ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ४७ लाख रुपैयाँ बराबरको बीमा दाबीको आवेदनमा  पाँच लाख ७० हजार रुपैयाँ बराबरको रकम भुक्तानी भएको छ।
    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा दाबी मध्ये ३० करोड ४३ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरिएको छ । शिखर इन्स्योरेन्सले दुई अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको दाबी मध्ये ३१ करोड ९४ लाख रुपैयाँ बराबरको रकम भुत्तानी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij