Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

कृषिमा आधारित एकीकृत स्वामित्व अवधारणा नेकपा विप्लवद्वारा सार्वजनिक

कृषिमा आधारित एकीकृत स्वामित्व अवधारणा नेकपा विप्लवद्वारा सार्वजनिक

  • काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी विप्लवले ‘एकीकृत स्वामित्व अवधारणा’अन्तर्गत कृषि उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत योजना बारे जानकारी गराएका हुन् । 

    लामो समयदेखि उत्पादनसँग पार्टी गतिविधिलाई जोड्दै आएको जनाउँदै विप्लवले यो वर्ष वर्षेबाली उत्पादन अपेक्षाकृत राम्रो भएको जानकारी दिए । साथै आउँदो हिउँदे बालीलाई पनि थप व्यवस्थित र वैज्ञानिक ढंगले उत्पादन गर्ने रणनीति लिइएको जनाए ।

    महासचिव विप्लवले पार्टीले अगाडि सारेको नयाँ आर्थिक मार्ग अन्तर्गत आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा महत्वपूर्ण प्रगति भइरहेको छ ।  उक्त मोडेलबाट उत्साहजनक आर्थिक परिणामहरू देखिएको उनले दाबी गरे।  विप्लवका अनुसार उत्पादनमूलक अर्थतन्त्र र सामूहिक स्वामित्वमा आधारित उद्योगमार्फत सामाजिक र आर्थिक जीवनमा सकारात्मक परिवर्तन  ल्याउने लक्ष्यसहित पार्टी अघि बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij