Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवाद

टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवाद

  • काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवादमा परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रक्रियागत ढिलाइ र विवादबीच टेण्डर पुनर्मूल्यांकन गर्न निर्देशन दिँदा टेलिकमको आन्तरिक निर्णय प्रक्रियामा नयाँ बाधा उत्पन्न भएको हो ।

    नयाँ सरकार गठन भएपछि असोज ८ गते मूल्य प्रस्ताव खोल्ने प्रक्रिया स्थगित गरेको सूचना जारी गरिएको थियो । त्यतिखेर  प्रक्रिया रद्द गरिएको थिएन । पछिल्लो पटक मन्त्रालयको निर्देशनमा विवादास्पद ठहरिसकेको कम्पनी ह्वेल क्लाउडलाई पुनःप्राविधिक मूल्यांकन गर्न भनिएको छ । यसरी फेरि प्राविधिक मूल्यांकन गर्न भनिएको विषयलाई कतिपयले प्राधिकरणको विश्वसनीयतामा ह्रास ल्याउने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij