Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

बर्सातले खेतमै सड्न थाल्यो धान

बर्सातले खेतमै सड्न थाल्यो धान

  • भोजपुर। निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । बर्सातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवादुङ–२ का किसान राजन ढकालले बताउनुभयो । धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उहाँको भनाइ छ । “धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ,” उहाँले भन्नुभयो, “बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ । नकाटिएको धान पनि लडेर सखाप भएको छ ।

    यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था छ ।” ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ । किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताउनुभयो । थन्काउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नु परेको उहाँको भनाइ छ । “हामीले वर्षभरको पसिना पोख्यौँ,”उहाँले भन्नुभयो, “तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो । खेतमै धान सड्न थालेको छ । उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ ।” लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij