Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

पूर्वप्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखक काठमाडौँ उपत्यका बाहिर जान नपाउने आदेश

पूर्वप्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखक काठमाडौँ उपत्यका बाहिर जान नपाउने आदेश

  • काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार  गरेको  छ ।

    सर्वोच्च अदालतले सरकारको अनुमतिबिना उपत्यका बाहिर जान नपाउने गरी अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा   स्थानहद तोकेको विरुद्ध परेको रिटमा  शुक्रबार  अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

    न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij