Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हरि खड्का नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हरि खड्का नियुक्त

  • काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हरि खड्का बनेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले शुक्रबार खड्कालाई सो पदमा नियुक्त गरेका हुन् ।

    नेपाली टोलीको प्रशिक्षक प्रो लाइसेन्सप्राप्त अस्ट्रेलियन नागरिक म्याट रसले राजीनामा पठाएसँगै एन्फाले खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

    नेपाली राष्ट्रिय टोलीका लागि निराजन रायमाझी र अञ्जन विष्टसँगै सर्वाधिक गोलकर्ता रहेका नेपाली टोलीका पूर्वकप्तान खड्काले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

    एन्फाले एएफसी एसियन कप छनोटका लागि खड्कालाई नियुक्त गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij