काठमाडौँ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना गर्न अध्ययन तथा सुझाव पेश गर्ने उद्देश्यले प्रकाशजंग केसीको संयोजकत्वमा विशेष सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।
साथै, सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका २४२९ जनालाई प्रत्येकलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।
यसबाहेक, नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तथा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्डबाट थप २।१ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij