काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर २ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
बञ्चरेडाँडा प्रभावित स्थानीयद्वारा फोहोर विसर्जन पुनः रोक्ने घोषणा
बञ्चरेडाँडा । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित स्थानीयहरूले बुधबारदेखि फोहोर विसर्जन पुनः रोक्ने घोषणा गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरूले सरकारले माग पूरा गर्ने आश्वासन दिएर पटक–पटक ढाँटेको आरोप लगाउँदै फोहोर बिसर्जनमा अवरोध पुनः सुरु गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
नेप्से पुनर्संरचना समिति गठन र जेनजी आन्दोलनका घाइतेलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना गर्न अध्ययन तथा सुझाव पेश गर्ने उद्देश्यले प्रकाशजंग केसीको संयोजकत्वमा विशेष सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।
साथै, सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका २४२९ जनालाई प्रत्येकलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेशमा नीतिगत र दीर्घकालीन असरपर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको हो ।
श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न सरकारले समिति बनाएको छ । प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद् बैठकले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
हिमालयन इनर्जीले आईपीओ निष्काशन गर्ने
काठमाडौं । हिमालयन इनर्जी लिमिटेडले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । यसका लागि आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई दिइएको छ ।
मंसिर १ गते काठमाडौंमा आयोजित समारोहमा सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जीको आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापन गर्नेछ ।
शेयर बजार : नेप्से परिसूचक १५.७० अंकको वृद्धिसँगै २५६६.०७ बिन्दुमा, ४.१० अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको छ, जुन ०.६१ प्रतिशत को उछाल हो। दिउँसो ३ बजे बजार बन्द हुँदा नेप्से दिनभर उतार–चढावमा रहे पनि अन्त्यमा हरियो (positive) पक्षमै बन्द भएको देखिन्छ।
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट रु एक खर्ब ८० अर्ब १० करोड बराबर असुली हुन बाँकी देखिएको हो ।
सुनको मूल्य घट्यो , प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार
काठमाडौं । आज मंगलबार सुन र चाँदीको मूल्य गिरावट भएको छ । आज नेपाली बजारमा सुन प्रतितोला तीन हजार ८०० रुपैयाँले घटेको छ । चाँदी ६५ रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij